Thursday, December 20, 2007

My heart commands me

By Anu Upadhayay

You are the gift of paradise,
I am the product of this unworthy earth,
I doubt,
the comparison between us
though you are far from me....
My heart commands me to "remember" you.

No metaphor is enough to describe you,
No people can extol you,
You are the remarkable fellow.
Though you are unknown about me....
My heart commands me to "respect" you

Indubitably you deserve the honour
Because of your infinite wisdom.
I don't know if I am well acquainted with you.
Though you are heedless to me,
My heart commands me to "LOVE" you.

Wednesday, December 19, 2007

मृत्यु

विनय गुरागाई

मृत्युकटु सत्य हो टार्न सकिदैंन
मृत्युले सधैं जित्छ हराउन सकिदैंन
अनि यो पनि सत्य हो
मृत्युबाट जति भागे पनि भाग्न सकिदैंन
तर यसो भन्दैमा मृत्यु अँगाल्न पनि सकिदैंन


मृत्यु त्यो हो जसलाइ न देख्न सकिन्छ
न त स्पर्श नै गर्न सकिन्छ
न त सुघ्न नै सकिन्छ
मृत्यु बोलाएको बेला आउँदैन
न त चाहिएको बेला बोलाउन नै सकिन्छ
मृत्यु एउटा सत्य हो
तर अँगाल्न नसकिने सत्य
पत्याउन कठिन हुने सत्य

एकदिन अँगाल्नैपर्ने सत्य

यसकारण मृत्यु मेरो पनि हो
मृत्यु तपाइको पनि हो
मृत्यु उसको पनि
किनभने
मृत्यु
सबैको हो।
त्यसैले त मानिस भ्रममा बाँच्छ
यसरी बाँच्ने क्रममा मानिस कहिले नमरिकन मृत्यु अँगाल्छ
त्यस्तो मृत्यु जहाँ उसले अाफूलाइ चिन्न सक्दैन
आफ्नो क्षमता बुझ्न सक्दैन
अनि उ जिउँदै मर्छ ।
तर मृत्यु देख्नेहरू आशामा बाँच्नुपर्छ
किनभने
मृत्यु भविष्य हो

भविष्य सधैं सुन्दर बनाउने कल्पनाले नै मानिस बाँच्ने भएकोले म त भन्छु
मानिस मृत्यु अँगाल्नकै लागि सधैं आशामा बाँच्छ
अनि
संसार जित्छ
तर एकदिन उ हार्छ
त्यो हार सिर्फ एउटा सत्य हुन्छ
मृत्यु ।
यो कविता http://www.tyamkeview.blogspot.com/ मा पनि हेर्न सकिन्छ ।

हाइकु

एसएमएस

विरही साँझ
जुन हेरेर बस्दा
तिम्रो मेसेज

निष्ठुरी मुकु
अन्तिम यो मेसेज
मेरो तिम्लाइ

तिम्रो नयन
नओभाएको भए
माफी चाहन्छु

अर्को गजल

बिहानीमा भाले बास्दा तिम्रो याद आयो
जाडो चढी मुटु काँप्दा तिम्रो याद आयो

उज्यालो त्यो मुहार तिम्रो पुर्णिमाको चाँदसरी
पूर्व दिशा लाली चढ्दा तिम्रो याद आयो

गाइ चराउन मधुवनमा किन तिमी आइनौं सानु
डाँफे मुनाल मयूर नाँच्दा तिम्रो याद आयो

संगीनीलाइ सोधे मैले तिम्ले मन मोड्यौ अरे
मुटुभित्र पीडा साँच्दा तिम्रो याद आयो

गोधुलीको प्रहरमा रक्तिम सूर्य डाँडामाथि
छुटिएका बादल देख्दा तिम्रो याद आयो ।

गजल

गफको तालमा मरी मरी हँसाउनेले मारे हजुर
एक नजरको इसारामा फसाउनेले मारे हजुर

कलेज जाँदा प्रायःजसो ढिला हुने गर्थ्यो मेरो
सीट रोकी आफूसँगै बसाउनेले मारे हजुर

एउटा सोझो केटालाइ प्रेमजालमा फसाएर
कसम खाइ जुनतारा खसाउनेले मारे हजुर

सबैबाट तिरस्कृत म माया मलाइ नगर भो
यसो बोल्दा नयनहरू रसाउनेले मारे हजुर ।